काठमाडौं–६ बाट स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौँ–६ शिशिर खनाल १४ हजार २०४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ–६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। 

खनाल १४ हजार २०४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिस्पर्धी रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए।

त्यस्तै, वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मदेवारी दिएका नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मत ल्याएर तेस्रो भए।

निर्वाचन क्षेत्र नम्बर ६ मा शिशिरको जितसँगै काठमाडौँमा स्वतन्त्र पार्टीले ४ सिट जितेको छ।

२०७४ सालको निर्वाचनमा कांग्रेसका प्रधान विजयी भएका थिए। प्रधानले १६ हजार ७८५ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी रहेका माओवादीका झक्कु सुवेदी १५ हजार ४८५ मत प्राप्त गरेका थिए।