सिन्धुली–२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी

सिन्धुली-२ मा एमालेका मनोजजंग थापालाई साढे ५ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै दाहाल निर्वाचित भएका छन्।

काठमाडौँ– सिन्धुली-२ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल 'राजन' विजयी भएका छन्। नेकपा एमालेका मनोजजंग थापालाई साढे ५ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै दाहाल निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहालले २७ हजार ५१७ मत प्राप्त गरे भने थापाले २१ हजार ६८७ मत पाए। उनीहरूबीच ५ हजार ८३० मतान्तर रह्यो।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल १ हजार ५५३ मतसहित तेस्रो भए भने राप्रपाका भीष्मराज श्रेष्ठ १ हजार ३४० मत प्राप्त गरे।