बागलुङ-१ मा एमालेका पाठकको अग्रता, पछ्याउँदै चित्रबहादुर

बागलुङ-१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा नेकपा एमालेका डा. सूर्य पाठक ५७ मतले अगाडि छन्।

बागलुङ– जिल्लाको निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार डा. सूर्य पाठकले अग्रता लिएका छन्।

सोमबारदेखि शुरू मतगणनामा मंगलबार राति ९ बजेसम्मको मतपरिणामअनुसार एमालेका पाठकले ६ हजार ५७७ मत प्राप्त गर्दै अग्रस्थानमा छन्।

उनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका गठबन्धका उममेदवार चित्रबहादुर केसीले ६ हजार ५२० मतसहित पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले दुई हजार ३७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए।