नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उच्च तहबाटै संविधान मिच्ने काम भइरहेको बताएका छन्। संघीयता मिच्ने क्रम रोक्नका लागि उन्नत लोकतन्त्र चाहिने समेत उनको भनाइ थियो।
काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरूले नै संविधान मिच्ने गरेको बताएका छन्।
आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम् तहमा बस्ने व्यक्तिहरूले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाएका हुन्।
संघीयता मिच्नेहरूलाई रोक्नका लागि उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको उनको भनाइ थियो।उनले भने, ‘अहिले म कसैको नाम यहाँ लिन चाहन्न, उच्चतम तहमा बस्ने व्यक्तिहरूले समेत संविधानलाई मिचिदिने, जुन काम अहिले भइरहेको छ, कोहीको पनि जिम्मेवारी छैन। भेटेसम्म यो शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्र डुंगामा प्वाल पार्दिने जुन एउटा प्रवृत्ति देखिएको छ, त्यसलाई रोक्नको निम्ति पनि हामीले लोकतन्त्रको सुदृढीकरणको विषय महत्त्वपूर्ण छ। उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी छ। अमेरिका लगायतका मुलुकका थोत्रा प्रकारको लोकतन्त्र ल्याएर बसिरहने ? लोकतन्त्रको सुदृढीकरण, सबलीकरण र यसको उन्नत तहको विकासको विषयलाई अलि विशेष ध्यान दिनुपर्छ।'
यस्तै, उनले नेपालजस्तो विविधतायुक्त देशमा संघीयता नभई नहुने भन्दै संघीयतामा गएपनि ठिक ढंगले संविधान बनाउने र अहिले आवश्यक कानून नबनाउँदा त्रुटि भइरहेको बताए। 'हाम्रो जस्तो विविधताको देशमा संघीयता नभई हुँदैन। संघीयतामा गएपछि ठिक ढंगले संविधान बनाउने क्रममा पनि त्रुटि रह्यो र अहिले ठिक ढंगले कानून नबनाउँदा ठिक ढंगले काम गर्न सकिरहेको छैन', उनले भने, 'हामीले कसैलाई दोष दिने होइन, संघीयता राम्रोसँग बुझेनौँ र त्यस ढंगले काम गरेनौँ भन्ने कुरा सत्य हो।’
अध्यक्ष भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गरे। उनले छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलबभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरू, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवी रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गरे।
अध्यक्ष भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरू नोकरशाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको धारणा राखे।
उनले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सको रूपमा विकास गर्ने अवधारणा, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना आफूले गरेको दाबी गरे। अध्यक्ष भट्टराईले आफूले असोज १ गतेलाई विज्ञान दिवस मनाउने सुरुवात गरेपनि अहिले नागपञ्चमी भन्दै सर्प पूजा गर्न लाग्ने तर विज्ञान दिवस मनाउन छोडिएको बताए।
अध्यक्ष भट्टराईले नेपालमा छुट्टै राष्ट्रिय अनुसन्धान कोष स्थापना गर्न आवश्यक रहेको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
