पहिले यो प्राचीन शहरको हरेक टोलमा हिटीबाट सफा पानी आउँथ्यो। अहिले त अधिकांश हिटीहरू आफैँ तिर्खाइरहेझैँ देखिन्छन्।
भक्तपुर– नयाँ पुस्तालाई लाग्न सक्छ– मेलम्ची त बल्ल बन्दैछ, उपत्यकाका वासिन्दाले पहिले पानी पो कसरी पिउँथे होला!
दूध डेरीबाट आउँछ भन्ने सोच्दै हुर्किएको नयाँ पुस्ताका लागि यस्तो लाग्नु अस्वाभाविक नहोला। किनभने यहाँ पहिले हिटी (ढुंगेधारा) हुन्थ्यो, त्यहाँबाट कलकल पानी आउँथ्यो भन्ने कुरा अब किम्बदन्ती भइसक्यो।
काठमाडौँका मेयर बालेन शाहले मेटिँदै गएका केही प्राचीन हिटी जोगाउने योजना बनाएका छन्। त्यसमा उनी कत्तिको सफल हुन्छन्, त्यो हेर्न बाँकी छ। तर उपत्यकाको भक्तपुर शहरमा भने पुराना हिटी बक्लै देखिन्छन्। तिनको मर्मतसम्भार अब पनि नगर्ने हो भने चाहिँ काठमाडौँको जस्तै मेटिएका हिटीको निशाना खोज्दै हिँड्नुपर्ने दिन यहाँ पनि छिट्टै आइहाल्न सक्छ।
नेपालको अग्रणी पर्यटकीय सम्पदाले भरिएको शहर हो भक्तपुर। यसका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरू विश्व सम्पदा सूचीमा समावेश छन्। ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिएको भक्तपुरमा मठमन्दिरसँगै हिटीको संख्या पनि अहिलेसम्म प्रशस्त छ।
हिटी भन्नेबित्तिकै तपाईं पक्कै पनि प्राकृतिक मुहानबाट गर्मीमा चिसो र जाडोमा तातो पानी आउने पँधेरो सम्झिनुहुन्छ होला। तर हिटी पानीको स्रोतका लागि मात्र होइन, सांस्कृतिक तथा धार्मिक महत्वले भरिपूर्ण सम्पदा पनि हो।
हिटीहरू प्राय: देवीदेवताका मूर्तिहरूले सजिएका हुन्छन्। आधिकांश ढुंगेधारा नागको मूर्तिबाट बनेका हुन्छन्। प्रकृतिलाई पुज्ने उपत्यकावासीहरू पानी आउने स्थानमा नाग देवताको बास हुन्छ भन्ने मान्छन्। तर अहिले नागका वासस्थान नै हराउन थालिसके।
देवीदेवताका मूर्तिले सजिसजाउ हिटीहरू अहिले लेउका पत्र–पत्र पन्छाएर खोज्नुपर्ने अवस्थामा छन्। पहिले यो प्राचीन शहरको हरेक टोलमा हिटीबाट सफा पानी आउँथ्यो। अहिले अधिकांश हिटीहरू आफैँ तिर्खाइरहेझैँ देखिन्छन्।
२०७२ सालको भूकम्प पश्चात् धेरै हिटी अस्तव्यस्त भएको स्थानीय हिटीप्रेमी राजेन्द्र त्वायना बताउँछन्। पानी नआएपछि हिटी संरक्षणमा स्थानीयले केही समय छुट्ट्याए पनि नीति निर्माताहरूले भने खासै चासो दिन छाडेको देख्दा उनी दुखी छन्।
पुरानो हिटीको वास्ता नभए पनि नयाँ धारा बन्ने क्रम भने जारी छ। कृत्रिम मुहानबाट वितरित पानी आउने धाराको हरेक पटक हुने उद्घाटन समारोहमा नयाँ धारा बन्ने गरेका छन्। राजनीतिक दलका नेताहरूमा नयाँ हिटी बनाउँदै उद्घाटन गर्ने फेसन नै बने पनि पुराना सम्पदा संरक्षणमा भने उनीहरूको चासो नदेखिएको स्थानीयको गुनासो छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
