कैलालीका ३ क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

निर्वाचन क्षेत्र-१ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठले अहिलेसम्मको गणनामा ५ हजार ४९० मत प्राप्त गरेकी छन्। गठबन्धनका उम्मेदवार रामजनम चौधरीले ३ हजार ५९३ मत प्राप्त गरेका छन्।

काठमाडौँ- कैलालीका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले शुरूआती अग्रता कायमै राखेको छ। 

निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठले अहिलेसम्मको गणनामा ५ हजार ४९० मत प्राप्त गरेकी छन्। गठबन्धनका उम्मेदवार रामजनम चौधरीले ३ हजार ५९३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार २१७ मत प्राप्त गरेका छन्। 

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा पनि नागरिक उन्मुक्ति पार्टीले नै अग्रता लिइरहेको छ। पछिल्लो मत परिणामअनुसार उन्मुक्ति पार्टीका अरूणकुमार चौधरीले १ हजार ६६०, नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवालले १ हजार २६९ र नेकपा एमालेका झपटबहादुर रावलले १ हजार १९ मत प्राप्त गरेका छन्।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा पनि उन्मुक्ति पार्टीले नै अग्रता लिएको छ। गंगाराम चौधरीले १६ हजार ६९३ मत प्राप्त गरेका छन्। भने नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १२ हजार ३९८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका गौरीशंकर चौधरीले ७ हजार ४७४ मत प्राप्त गरेका छन्।

यस्तै कैलाली ४ मा भने नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले आफ्नो अग्रता कायमै राखेका छन्। उनले ५ हजार २७७ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले ५ हजार १०० मत प्राप्त गरेका छन्। झिनो मतको अन्तरले भट्टले अग्रता लिइरहेका छन्। 

निर्वाचन क्षेत्र नम्बर ५ मा भने भरखरै मतगणना शुरू भएको छ। मतगणना कुन क्षेत्रबाट गर्ने भन्ने विषयमा दलहरूबीच सहमति नभएका कारण र त्यहाँ मुख्य निर्वाचन अधिकृत बिरामी भएकाले गणनामा ढिलाइ भएको थियो।