प्रतिनिधिसभातर्फको मतगणना जारी रहँदा एमाले अध्यक्ष केपी ओली निकट भनेर चिनिएका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेलसहितका नेता पछि परेका छन्।
काठमाडौँ- प्रतिनिधिसभातर्फको मतगणना जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी ओलीको 'किचन क्याबिनेट'का भनेर चिनिएका सबै नेता पछि परेका छन्। ओली आफैँले भने झापा क्षेत्र नं.५ मा अग्रता कायम गरेका छन्।
तर, ओलीनिकट रहेका पदाधिकारीसहितका नेता मतगणनामा पछि परेका हुन्। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डेसहितका नेता पछाडि छन्।
काठमाडौँ-५ मा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पछाडि परेका छन्। १८ हजार ७८१ मत गणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार पौडेलले ६ हजार १८१ मत पाएका छन् भने पोखरेलले ४ हजार ३६५ मतसहित पछ्याइरहेका छन्।
महासचिव शंकर पोखरेल दाङ-२ मा माओवादी केन्द्रकी रेखा शर्माभन्दा करिब १३ सय मतान्तरले पछि परेका छन्। शर्माले छ हजार ५६० मत पाउँदा पोखरेलले पाँच हजार २०८ मत पाएका छन्।
उता रुपन्देही-२ मा उपाध्यक्ष विष्णु पौडेल राष्टिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा २०० मतले पछि परेका छन्। विष्णुले दुई हजार ३४४ मत पाउँदा गणेशले दुई हजार ५४४ मत पाएका छन्।
अर्का उपाध्यक्ष सुवास नेम्वाङ पनि इलाम-२ मा पछि परेका छन्। उनले दुई हजार १०१ मत पाउँदा कांग्रेसले दुई हजार १७८ मतसहित अग्रता लिएका छन्। त्यसैगरी उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि चितवन-१ मा पछि परेका छन्। उनले तीन हजार ८८४ मत पाउँदा तेस्रो स्थानबाट पछ्याइरहेका छन्। यो क्षेत्रमा स्वतन्त्र पार्टीका हरि ढकाल पाँच हजार ९८ मत पाएर अग्रता लिँदा दोस्रो स्थानमा रहेका कांग्रेसका विश्व पौडेलले तीन हजार ८८४ मत पाएका छन्। पाण्डे भने ओलीको किचन क्याबिनेटमा छैनन्।
एमाले पदाधिकारीमध्ये उपमहासचिव पृथ्वि सुब्बा गुरुङले लमजुङमा अग्रता लिएका छन्। त्यसैगरि सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट र छविलाल विश्वकर्माले पनि अग्रता लिएका छन्। यी नेतामध्ये विश्वकर्मा मात्र ओलीको किचन क्याबिनेटमा छन्।
ओलीको किचन क्याबिनेटमै रहेका राजन भट्टराई काठमाडौँ-४ बाट हार्ने निश्चित भइसकेको छ। त्यसैगरी भक्तपुर-२ बाट महेश बस्नेत र काभ्रे-२ बाट गोकुल बास्कोटा पनि पछि परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
