सुर्खेतकाे सिम्ता बहुमुखी क्याम्पस मतदान केन्द्रमा आइतबार स्थगित भएको मतदान मंगलबार बिहानबाट भइरहेको छ।
काठमाडौँ– सुर्खेत क्षेत्र नम्बर १ को सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान जारी छ।
आइतबार स्थगित भएको मतदान मंगलबार बिहानबाट भइरहेको छ। निर्वाचन आयोगको निर्देशन अनुसार पुनः मतदान गरिएको निर्वाचन अधिकृत दुर्गा चालिसेले जानकारी दिए। मतदान बेलुका ५ बजेसम्म हुनेछ।
प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि आइतबार मतदान स्थगित भएको थियो। राजनीतिक दलहरूबीच सहमति हुन सकेकाे थिएन। बैशाखमा स्थानीय तहको निर्वाचनमा पनि सिम्ताको सिम्ता गाउँपालिका–१ को खनेटा केन्द्रमा अधिकृतको हस्ताक्षर नभएको मतपत्र फेला परेपछि निर्वाचन स्थगित भएको थियो।
तीन दिनपछि पुनः निर्वाचन गरिएको थियो। सिम्तामा रहेका मतदान केन्द्रलाई संवेदनशील मानिएको थियो। कर्मचारीको लापरवाहीका कारण यसपाली एउटा मतपत्र अर्कै मतपेटिकामा खस्दा पुनः निर्वाचन गर्नुपर्ने अवस्था आएको नेपाल काग्रेसका एक नेताले बताए।
यहाँ कांग्रेसका पूर्णबहादुर खड्का र एमालेका ध्रुबकुमार शाहीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
