मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर विजयी

मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरूङ ३२८ मतान्तरसहित निर्वाचित भएका छन्।

काठमाडौं– मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

टेकबहादुरले २ हजार ५७५ मत ल्याउँँदा निकटम प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत ल्याए। टेकबहादुर र छोपाङबीचको मतान्तर ३ सय २८ रह्यो। मनाङमा कुल ४ हजार ८४५ मत खसेको थियो।

त्यस्तै, मनाङ (१) मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङले ३३० मतान्तरले निर्वाचित भइसकेका छन्। प्रदेशसभा (२) मा यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए।