झापामा–२ मा एमालेका देवराज र स्वतन्त्र स्वागत नेपाल अघिपछि

झापा क्षेत्र नं २ मा (नेकपा) एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ।

झापा– आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झापा क्षेत्र नं २ मा (नेकपा) एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ।

हालसम्म भएको १४ हजार ७७० मतगणनामा एमाले उम्मेदवार देवराज घिमिरेले पाँच हजार ३७१ मत प्राप्त गरेका छन् भने झापा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत)ले चार हजार ६३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशवप्रसाद पन्थले जानकारी दिए।

त्यस्तै, सत्ता गठबन्धका उम्मेदवार हरिकुमार रानाले दुई हजार ६५४ मत गरेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्रप्रसाद गिरीले एक हजार ४३० मत प्राप्त गरेका छन्।