उदयपुर–१ मा नारायण खड्कालाई पछ्याउँदै मञ्जु चौधरी

नारायण खड्कालाई नेकपा एमालेका मञ्जुकुमारी चौधरीले ३८७ मतले पछ्याइरहेकी छन्।

उदयपुर– उदयपुर-१ मा कांग्रेसका डा. नारायण खड्काले अग्रता लिएका छन्।

एक हजार मत गणना हुँदा खड्काले चार सय चार मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका मञ्जुकुमारी चौधरीले ३८७ मतले पछ्याइरहेकी छन्।

त्यसैगरी, तेस्रोमा राप्रपाका धुव्रकुमार रायमाझी छन्। उनले ५१ मतले ल्याएका छन्। चौथोमा रहेका जसपाका गोपाल राईले ४६ मत पाएका छन्।