बर्दिया-२ मा स्वतन्त्र उम्मेदवार लालवीरको अग्रता

बर्दिया-२ स्वतन्त्र उम्मेदवार लालवीर चौधरी ३ हजार ४३६ मतसहित अग्रता लिएका हुन्।

बर्दिया-२ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवार लालवीर चौधरी ३ हजार ४३६ मतसहित अग्रता लिएका हुन्।

लालवीर नागरिक उन्मुक्ति पार्टीको समर्थनमा चुनावमा उठेका छन्। उनी रेशमलाल चौधरीका बुवा हुन्।

यहाँ रेशम चौधरीको उम्मदेवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले लालवीरलाई सहयोग गरेको थियो।

त्यस्तै, नेकपा माओवादी केन्द्रका सुरेश पन्थले १ हजार ९१० मत ल्याएका छन्। एमालेका उम्मेदवार पंकजसिंह रठौर १००२ मत आएको छ। अहिले मतगणना जारी छ।