सुर्खेत–२ मा सत्ता गठबन्धनभन्दा एमाले अगाडि

सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता लिएको छ।

काठमाडौं– सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार अमृत बिसीले सत्ता गठबन्धनका तर्फबाट उठेका नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीलाई उछिनिरहेका छन्।

पछिल्लो मतपरिणामअनुसार ११८२ मत गणना गर्दा बिसीको पक्षमा ६५० मत परेको छ भने थानीको पक्षमा ५१८ मत परेको छ। १४ मत बदर भएको छ।