सहकर्मी हत्याको विरोधमा अनेरास्ववियुलगायत एमाले सम्बद्ध भातृसंगठनले बाजुरा सदरमुकाम मार्तडीबजार बन्द गराएका छन्। अनेरास्ववियु कार्यकर्ताले प्रदर्शन थालेपछि सदरमुकामको अवस्था तनावग्रस्त बनेको छ।
काठमाडौँ- सहकर्मी हत्याको विरोधमा अनेरास्ववियुलगायत एमाले सम्बद्ध भातृसंगठनले बाजुरा सदरमुकाम मार्तडीबजार बन्द गराएका छन्।
बजार बन्द गराएर प्रदर्शन गर्न थालेपछि सदरमुकामको अवस्था तनावग्रस्त बनेको छ। बिहानैदेखि सदरमुकाम क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाली कांग्रेसका कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भएका अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको उपचारका क्रममा ज्यान गएको थियो। त्रिवेणी गाउँपालिका–७ स्थित नाटेश्वरी आधारभुत विद्यालयमा मतदानको क्रममा भएको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताहरूले गएराति घरमै गएर अयडीलाई कुटपिट गरेका थिए।
अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको थियो। अस्पताल पुर्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
त्रिवेणी गाउँपालिका–७ मा आइतबार दिउँसो मतदानको समयमा कांग्रेस कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुने स्थानीय कांग्रेस कार्यकर्ता सञ्जीव अयडी थिए।
उनको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेका थिए। सदरमुकामको अवस्था थप तनावग्रस्त हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
