भक्तपुर– १ प्रदेशसभा (क)* प्रारम्भिक चरणमा सत्तागठबन्धन अगाडि

भक्तपुर-१ को प्रदेशसभातर्फ पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ। 

काठमाडौँ– भक्तपुर १ को प्रदेशसभा (क) मा पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ। 

अहिलेसम्म गणना गरिएका कूल १२ सय ७१ मतमध्ये, सत्तागठबन्धनका कांग्रेस उम्मेदवार सुरेश श्रेष्ठले ८४५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका माेहनवीर श्रेष्ठले १६० मत प्राप्त गरेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु कुइँकेलले १८६ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीका मिनबहादुर बाटाले ४८ मत ल्याएका छन्। 

भक्तपुर–१ (क) को मतगणना हाल चाँगुनारायण नगरपालिका-१ बाट शुरू भएको छ। क्षेत्र नं. १ को मतगणना खरिपाटी र डल्लुको कृषि विकास बैंकमा भइरहेको छ। 

यसबाहेक लौरोतर्फ २२ र कम्प्युटरमा ७ मत आएको छ भने अन्य दुई चिन्हमा २–२ मत आएका छन्।

*यसअघि अन्यथा भएकाले सच्याइएको छ। -सम्पादक