मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको डडेलधुरा जिल्ला अदालतमा मतगणना हुनेछ।
काठमाडौँ- डडेलधुरामा मतगणना कार्य अझै शुरू हुन सकेको छैन। बिहानसम्म नै त्यहाँ मतपेटिका संकलनको काम जारी रहेको थियो।
डडेलधुराका प्रहरी प्रमुख डीएसपी मनोहर भट्टले सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी भइरहेको जानकारी दिए।
“बिहानसम्म मतपेटिका संकलनको काम नै भइरहेको थियो। अहिले सबै क्षेत्रको मतपेटिका सदरमुकाम आइसकेको छ”, उनले भने, “अब सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी भइरहेको छ।”
मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको डडेलधुरा जिल्ला अदालतमा मतगणना हुनेछ।
डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत र स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाही प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
