बाजुरामा ‘कुटपिट’बाट घाइते अनेरास्ववियू नेताको मृत्यु

कुटपिटबाट गम्भीर घाइते भएका अनेरास्ववियू नेता चेतन अयडीको उपचारका लागि अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको हाे।

धनगढी– बाजुराको त्रिवेणी नगरपालिका–७ निवासी अनेरास्ववियू नेता चेतन अयडीको कुटपिटबाट मृत्यु भएको छ।

कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका लागि अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए।

प्रजिअ अधिकारीले भने, “आइतबार सोही गाउँका सञ्जीव अयडीको गोली लागेर मृत्यु भएपछि स्थानीयले चेतनलाई कुटपिट गरी घाइते बनाएका थिए। गम्भीर घाइते उनको राति अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।”

मृतक अयडी अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्षसमेत हुन्।