स्याङ्जाको चापाकोटमा हवाई फायर

स्याङ्जाको चापाकोट-१ भानु मावि मतदान केन्द्रमा झडप भएको छ।

पोखरा– स्याङ्जाको चापाकोट-१ भानु मावि मतदान केन्द्रमा झडप भएको छ। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गरेको छ। 

नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

अहिले मतदान शुरू भइसकेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।