ललितपुरको महाकांल गाउँपालिकामा सडक पुगेपछि धमाधम खुवा उद्योग खुले। किसानलाई दूध नबिकेर घिउ बनाउनुपर्ने बाध्यता भएन। कोम्रोङ र आसपासका किसान अहिले टिनमा घिउ बोकेर चापागाउँ धाउँदैनन्।
ललितपुर- महांकाल गाउँपालिकाको कोम्रोङका नीलप्रसाद तिमल्सिना (७४) को गोठभरि बस्तुभाउ छन्। कृषि उनको पुर्खौली पेसा हो। दर्जनभन्दा बढी बस्तुभाउ पालेका उनी हरेक दिन २० लिटरसम्म दूध उत्पादन गर्छन्।
आफूले उत्पादन गरेको दूध नीलप्रसाद नजिकैको खुवा उद्योगमा बेच्छन्। गाउँमा खुवा उद्योग खुलेपछि दूध बिक्री नहुने चिन्ताबाट मुक्त भएको उनी बताउँछन्। बिक्री हुने र मूल्य पनि उचित पाउने भएपछि गाईबस्तु पालनमा ढुक्कले लागेको उनको भनाइ छ।

गाउँमा सडक नपुग्दा खुवा बन्दैन थियो। दूध बेच्नै मुस्किल थियो। दूधबाट घिउ बनाइन्थ्यो। त्यै घिउ बेच्न पनि मुस्किल थियो। नीलप्रसाद भन्छन्, "टिनमा घिउ बोकेर चापागाउँसम्म लगेर बेच्नुपर्थ्यो। अहिले सडक छ, घर भकारोमा उज्यालो छ। गाउँमै खुवा कम्पनी खुलेका छन्। दूधले बजार पाएको छ।"
यद्यपि, कुनै समय छोरानातिले भरिभराउ उनको घर अहिले सुनसान छ। कान्छा छोरा र बुहारीबाहेक सबैले गाउँ छाडिसके। अबको पुस्ता कृषिबाट विमुख हुँदै गएको देख्दा उनलाई चिन्ता लाग्छ। "छोराको पुस्ता अवसरको खोजीमा शहर पसे, नातिपुस्ता विदेश जाने तयारीमा छन्," उनी भन्छन्।
कोम्रोङबाट केही तल झरेपछि पुगिने मनिखेलका लोकप्रसाद तिमल्सिना सात वर्षदेखि दूध बेचिरहेका थिए। कहिले दूध नै नबिक्ने, बिके पनि विचौलियाले मूल्य नदिने गरेपछि उनले आफैँ खुवा व्यवसाय शुरू गरे। उनको खुवा उद्योगमा दैनिक करिब ५०० लिटर दूध संकलन हुन्छ। वरिपरि गाउँका २७ किसानले यहाँ दूध बेच्छन्।

लोकप्रसादले चार जना कर्मचारी राखेका छन्। उनीहरूले नै खुवा बनाउने गर्छन्। दैनिक १५० देखि २०० किलो उत्पादन हुन्छ। "नजिकै बजारको ठेकेदारलाई सबै खुवा दिन्छौँ। बिक्रीको चिन्ता छैन," उनी भन्छन्।
उनका अनुसार ठेकेदारले नै शहरसम्म खुवा पुर्याउँछन्। यो क्षेत्रमा करिब दुई दर्जन खुवा उद्यो संचालनमा छन्।
एक महिनाअघि किसानसँग प्रतिफ्याट १६ रुपैयाँ ३३ पैसाका दरले दूध खरिद गर्थे। डेरी व्यवसायीले खरिद मूल्य घटाएपछि हाल १५ रुपैयाँ ३३ पैसामा किन्छन्।

महांकाल-१, बुखेलकी किसान राधिका घिमिरे दूधको मूल्य घटाइएपछि असन्तुष्ट छिन्। उनका गोठमा आठ वटा भैँसी र केही बाख्रा छन्। आठमध्ये पाँच वटा भैँसी दुहुना छन्। दैनिक ४० लिटर जति दूध खुवा उद्योगमा बेच्छिन्। उनी भन्छिन्, "तरकारीको मूल्य स्थिर हुन्न, त्यसैले पशुपालनलाई नै मुख्य पेशा बनाएका छौँ।"
तर यसपटक दूधको मूल्य फेरबदल हुँदा समस्या भएको उनको भनाइ छ। मूल्य घट्दा दूध बेचेर आएको पैसाले बस्तुभाउलाई खुवाउने ढुट्टो र चोक्कर किन्न गाह्रो हुने उनको गुनासो छ। राधिकाका अनुसार आफ्नो घरव्यवहार चलाउन र बालबालिका पढाउन पशुपालनबाटै भएको आम्दानीले सम्भव भएको हो।
बुखेलका अर्का किसान दीपक घिमिरेका अनुसार यस क्षेत्रका अधिकांश किसानको मुख्य पेसा पशुपालन हो। यहाँका किसानले दूधको मूल्य अन्यत्रभन्दा राम्रो पाएका छन्। तर सरकारले तोकेको मूल्य निजीक्षेत्रले बेवास्ता गरेको उनको गुनासो छ। यसपटक दूधको मूल्य घटाउँदा किसानको पक्षमा बोल्ने कोही नभएको उनी बताउँछन्।
भिडियो कथा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
