आयोगले सामान्य विवादकै कारण मतदान नै स्थगित नगर्न देशभर खटिएका मतदान अधिकृतहरूलाई निर्देशन दिइसकेको छ।
काठमाडौँ- आज देशैभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, निर्वाचन २०७९ को मतदान भइरहेको छ। बिहान ७ बजेबाट शुरू भएको मतदान केही ठाउँमा अवरुद्ध भएपनि अन्त जारी छ।
निर्वाचन आयोगले केही स्थानमा छिटपुट रूपमा केही घटना भए पनि बाँकी क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा नै मतदान भइरहेको जनाएको छ।
आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म मतदान शान्तिपूर्ण रूपमा नै भइरहेको जानकारी दिए।
“सामान्य विवादका कारण रोकिएका ठाउँमा मतदान सुचारु भइसकेको छ। केही मतदान केन्द्रमा मतदान सुचारु गर्नका लागि दलका प्रतिनिधिबीच छलफल भइरहेको छ,”उनले भने।
बिहान चिसोका कारणले मतदाता उपस्थिति केही कम देखिए पनि दिउँसो देखि भने बढेको आयोगले जनाएको छ।
“सबै क्षेत्रको मतदान सकिएपछि साँझ विस्तृत जानकारी दिने छौँ”, उनले भने, “सबै ठाउँको मतपेटिका आइसकेपछि दलका प्रतिनिधिहरूबीचको सहमतिका आधारमा मतगणना शुरू हुन्छ।”
उनले सबै क्षेत्रको मतगणना आजै सञ्चालन हुन नसकेपनि केही ठाउँमा भने मतगणना सुरू हुने बताए।
प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले पनि छिटपुट बाहेक शान्तिपूर्ण रूपमा नै मतदान जारी रहेको जानकारी दिए।
“अहिलेसम्म १५ स्थानमा झडप, विवाद लगायतका कारणले मतदान रोकिएको थियो। तर, ती ठाउँमा पनि मतदान पुनः सुचारु भइसकेको अवस्था छ”, उनले भने, “विवाद भएका ठाउँमा छलफल भइरहेका छन्।”
उनले केही ठाउँमा विस्फोट, शंकास्पद वस्तु फेला परे पनि त्यसलाई निस्तेज पार्ने काम भएको बताए। उनका अनुसार देशभरबाट मतदानलाई प्रभावित पार्ने गतिविधि गर्ने केही मानिसहरूलाई पनि पक्राउ गरिएको छ।
आयोगले सामान्य विवादकै कारण मतदान नै स्थगित नगर्न देशभर खटिएका मतदान अधिकृतहरूलाई निर्देशन दिइसकेको छ। मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्न पनि भनेको छ।
आयोगले साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्देशन दिँदै स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्व सहमति लिन प्रष्ट पारेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
