दिउँसो १ बजेसम्म ३२ प्रतिशत मतदान

आयोगले पत्रकार सम्मेलन मार्फत् अहिलेसम्म ३२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिएको हो।

काठमाडौँ- निर्वाचन आयोगले दिउँसो १२ बजेर ४५ मिनेटसम्म ३२ प्रतिशत मतदान सम्पन्न भएको जनाएको छ।

आयोगले पत्रकार सम्मेलनमार्फत् अहिलेसम्म ३२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिएको हो।

आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले देशभर कही कतै सामान्य छिटपुट घटना बाहेक उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिए।

“सामान्य विवादका कारण रोकिएका ठाउँमा मतदान सुचारु भइसकेको छ। केही मतदान केन्द्रमा मतदान सञ्चालन गर्नका लागि दलका प्रतिनिधिबीच छलफल भइरहेको छ”, उनले भने।