नामावलीमा नाम नभेटिए कल सेन्टरमा फोन गर्न आयोगको आग्रह

आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा निर्वाचनका विषयमा जानकारी लिन सकिन्छ।

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा फोन गर्न अनुरोध गरेको छ।

एक सूचना जारी गर्दै आयोगले मतदान गर्ने प्रयोजनका लागि नामावालीमा नाम नभेटिए तत्काल कल सेन्टरको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न अनुरोध गरेको हो।

प्राविधिक लगायत कारणले कतिपय मतदाताको नामावली प्रिन्ट नभएको भेटिएपछि आयोगले यस्तो अनुरोध गरेको हो।

मतदातालाई निर्वाचनका विषयमा जानकारी लिनका लागि आयोगले टोल फ्रि नम्बरसहित कल सेन्टर सञ्चालन गरेको छ।