सामान्य विवादमा मतदान स्थगित नगर्न मतदान अधिकृतलाई आयोगको निर्देशन

आयोगले साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले निर्देशन दिएको हो।

काठमाडौँ- निर्वाचन आयोगले सामान्य विवादकै कारण मतदान नै स्थगित नगर्न देशभर खटिएका मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ।

आयोगले एक सूचना जारी गरेर मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारू गर्न भनेको हो।

आयोगले साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले निर्देशन दिएको हो। त्यस्तै आयोगले स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्व सहमति लिन पनि निर्देशन दिएको छ।