बर्दियामा सुतली बम विस्फोट भएपछि मतदान रोकियो

विस्फोटबाट कुनै क्षति भने भएको छैन।

काठमाडौँ- बर्दियामा मतदान केन्द्र नजिकै सुतली बम विस्फोट भएको छ। 

बर्दियाको गुलरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्र नजिकै बम विस्फोट भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए।

उनका अनुसार विस्फोट भएपछि त्यहाँ मतदान रोकिएको छ। 

अहिले नेपाली सेना सहित सुरक्षाकर्मीको टोलिले त्यहाँ आवश्यक सर्च गरेर चेकजाँच गरी रहेको छ। विस्फोटबाट कुनै क्षति भने भएको छैन।

प्रजिअ बास्तोलाले रोकिएको मतदान पुनः सञ्चालनको प्रयास भइरहेको जानकारी दिए।