लेवान्डोस्कीले फिफा विश्वकप कतार २०२२ पछि शुरू हुने ला लिगाको इस्पानियोल, एट्लेटिको मड्रिड र गेटाफेविरुद्धको खेल गुमाउने छन्।
काठमाडौं– क्याटलान क्लब बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई तीन खेलको प्रतिबन्ध लागेको छ। स्पेनिस फुटबल महासंघ (आरएफईएफ) ले ३४ वर्षीय पोलिस फरवार्ड लेवान्डोस्कीलाई तीन खेलको प्रतिबन्ध लगाएको हो।
गत साता ओसासुनामाथि २–१ को जित निकालेको खेलमा लेवान्डोस्कीले ३०औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। उनले ओसासुनाका डेभिड गार्सियाको अनुहारमा कुहिनोले प्रहार गरेपछि दोस्रो पहेँलो कार्ड देखाइएको थियो।
यो उनको खेल करिअरको दोस्रो रातो कार्ड हो। यसअघि उनले सन् २०१३ मा ह्यामवर्गविरुद्धको खेलमा रातो कार्ड पाएका थिए। आरएफईएफका अनुसार लेवान्डोस्कीले रातो कार्ड पाएपछि रेफ्रीहरूप्रति अपमानजनक व्यवहार भएको भन्दै तीन खेलको प्रतिबन्ध लगाइएको हो।
उक्त निर्णयपछि मध्यान्तरको समयमा रेफ्रीको अपमान गरेपछि डिफेन्डर जेरार्ड पिकेलाई पनि रातो कार्ड देखाएको थियो। उनलाई पनि चार खेलमा प्रतिबन्ध लगाइएको छ। उक्त खेलमा बेन्चमा रहेका जेरार्डले त्यसअघि नै सन्यास लिइसकेका थिए।
बार्सिलोनाले लेवान्डोस्कीको प्रतिबन्धविरूद्ध अपिल गर्ने बताएको छ। यसै सिजन जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना आएका लेवान्डोस्कीले १९ खेलमा १८ गोल गरिसकेका छन्।
तीन खेलको प्रतिबन्धसँगै लेवान्डोस्कीले फिफा विश्वकप कतार २०२२ पछि शुरू हुने ला लिगाको इस्पानियोल, एट्लेटिको मड्रिड र गेटाफेविरुद्धको खेल गुमाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
