नेताहरूका घरमा किसानको देउसी भैलो (तस्वीरहरू)

पछिल्लो समय नेता, रोजगारदाता, पेसा–व्यवसायी संगठनका अगुवाहरूका घरघरमा पुगेर देउसी भैलो खेल्दै रमाइलो गर्ने प्रचलन बढेको छ। भक्तपुरमा किसानहरूले नेताहरूका घरमा देउसी भैलो खेलेका छन्।

भक्तपुर– तिहारको तेस्रो दिन सोमबार बिहान गाई पूजा गरिएको छ भने बेलुका देउसी भैलो खेल्दै रमाइलो गरिँदै छ। तिहारमा लक्ष्मीपूजाको दिनदेखि देउँसी भैलो खेल्ने गरिन्छ। यो बेला बालबालिकादेखि वृद्धवद्धासम्मले देउसी भैलो खेलेर रमाइलो गर्ने गर्छन्। देउसी भैलो समूह बनाएर परम्परागत पोसाक लगाएर मादल, खैजडी मुजुरा, बासुरी बजाएर भाका हाल्दै देउसी भैलो खेल्न आफूलाई पायक पर्ने घरघर पुग्ने गर्छन्। यस्तै, पछिल्लो समय नेता, रोजगारदाता, पेसाव्यवसायी संगठनका अगुवाहरूका घरघरमा पुगेर देउसी भैलो खेल्दै रमाइलो गर्ने प्रचलन बढेको छ। यसैबीच सोमबार भक्तपुरमा स्थानीय किसानले नेताहरूका घरमा पुगेर देउसी भैलो खेलेका छन्। नेमकिपाबाट निर्वाचित मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सानुकाजी श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा क्षेत्रलगायतका घरमा किसानको दिउसी भैलो प्रस्तुत भएको हो। तस्वीरहरू: