प्लास्टिकका फूलमालाको प्रयोग बढेकाले स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका व्यवसायी जनकबहादुर सिंहले बताए।
बेदकोट– फूल बिक्री नहुँदा व्यावसायिक रूपमा फूलखेती गरिरहेका कञ्चनपुरका किसान निराश बनेका छन्।
प्लास्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए।
“फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन,” उनले भने, “अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदै छन्।” बजारमा प्लास्टिक फूलमालाको उपलब्धताले स्थानीय स्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उनको भनाइ छ। “प्लास्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लास्टिकजन्य फूलमालामा रोक लगाएको छु,” उनले भने, “अब फूलले बजार पाउने आशा छ।”
सिंहले विगत तीन वर्षयता व्यावसायिक फूलखेती गर्दै आएका छन्। उनले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर फूलखेती गरेका छन्। “फूलको बीउ आफैँले छरेको थिएँ, सात कट्ठा जमिनमा फूलखेती छु,” उनले भने, “फूल फुलेको दुई साताभित्र टिपेर बेचिसक्नुपर्छ, नभए फूलको बाहिरी पत्र कुहिएर फूल ढल्छ।”
उनका अनुसार यसवर्ष अहिलेसम्म फूल बिक्री हुन सकेको छैन। भाडामा लिइएको सात कट्ठा जमिनमा सयपत्री फूलखेती गरिएको छ। उनले यसअघि भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गरेका थिए। फूल बिक्री गर्नै हम्मेहम्मे परेको किसानको भनाइ छ। जसोतसो फूलमाला बिक्री भए पनि उचित मूल्य नपाउने गरेको किसानको गुनासो छ।
“फूल र माला बनाएर बेच्ने गर्छौ, ५०० रुपैयाँ प्रतिकिलोका दरले फूल बेच्ने गरेका छौँ,” उनले भने, “माला १०० रुपैयाँमा बिक्छ।” स्थानीय स्तरमा उत्पादित फूलको बजारीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लास्टिक मालामा रोक लगाएको छ। प्लास्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो।
दीपावली, नेपाल संवत् तथा छठलगायत चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लास्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।
तिहारको हर्षोल्लास गाउँशहरमा छाएको छ। घरबाट टाढा भएकाहरू तिहारलाई घर फिर्ती भएका छन्। बारीमा फूल ढकमक्क फुलेका छन्। तिहारमा घर सिंगार्न, लक्ष्मी पूजा गर्नदेखि भाइटीकाको दिन दाजुभाइलाई माला लगाउन सयपत्री र मखमली फूलको प्रयोग हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
