निर्वाचन आयोगको केन्द्रीय आचारहिता अनुगमन समितिको बिहीबारको बैठकले मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचार गरेको पाइए ठाउँको ठाउँ २५ हजार रुपैयाँ तिराउने निर्णय गरेको छ।
काठमाडाैँ– मौन अवधिमा चुनाव प्रचार गर्ने दल तथा उम्मेदवारलाई २५ हजार रुपैयाँ जरिबाना हुने भएको छ।
निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बिहीबारको बैठकले मौन अवधिमा कुनै पनि माध्यमबाट चुनाव प्रचार गरेको पाइए ठाउँको ठाउँ २५ हजार रुपैयाँ तिराउने निर्णय गरेको हो। यसको अनुगमन गर्न राज्यका सबै संयन्त्र प्रयोग गरिएको आयोगले जनाएको छ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा मतदानको ४८ घण्टाअघिदेखि मतगणना नसकिएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार गर्न नपाइने व्यवस्था छ।
राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणले फेसबुक, ट्विटर, यूट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, सेयर, ट्याग, लाइक र कमेन्ट गर्न पाइने छैन। आफ्नो सामाजिक सञ्जालमा यस्तो सामग्री भए हटाउन आयोगले आह्वान गरेको छ।
यस्तै मतदान केन्द्रको वरिपरि राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका रङ वा साङ्केतिक अर्थ जनिने पोशाक, लोगो, ब्याज, झण्डा, टीसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टिकरलगायतका पहिरन प्रयोग गरेमा तत्काल जफत गर्न पनि सुरक्षाकर्मीलाई आयोगले निर्देशन दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
