काठमाडौं प्रशासनले सूचना जारी गर्दै बिहीबार राति १२ बजेबाट मदिरा खरिद-विक्री र सेवनमा रोक लगाएको छ। सूचना परिपालना नगरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिए। ढुंगेललद्वारा जारी विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
यस्तै, प्रशासन कार्यालय काठमाडौंले बुधबार पनि विज्ञप्तिमार्फत यही मंसिर ४ गते मतदानका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त सवारी साधनबाहेक आन्तरिक रूपमा सबै किसिमका सवारी साधन आवागमनमा रोक लगाइएको जानकारी गराएको छ।
प्रशासनले बिहीबार र शुक्रबारका लागि शान्ति सुरक्षा, विपद्, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि सर्वसाधारणलाई जानकारी गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
