नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट भारतको नयाँदिल्लीको सिधा उडान थाल्ने भएको छ। एयरलाइन्सले दिल्लीमा साताको ४ वटा उडान थाल्ने तयारी गरेको हो।
काठमाडौँ– नेपाल वायुसेवा निगमले मंसिर १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली उडान गर्ने भएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीमा पहिलो चरणमा मंसिर १२ गते एउटा उडान गरिने र मंसिर १५ गतेपछि साताको ४ वटा उडान गर्नेछ। बुधबार र शुक्रबार दुई दुई उडान गर्ने तयारी भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
दिल्ली जाने यात्रुको चाप बढेपछि भैरहवाबाट दिल्लीमा सिधा उडान गर्ने तयारी भएको निगमको भनाइ छ। अहिले काठमाडौँबाट उडिरहेको निगमको विमान दिल्ली पुगेर भैरहवा फर्किने र त्यहाँ यात्रुलाई ओरालेर पुनः काठमाडौँ फर्किनेछ।
हाल निगमको उडान काठमाडौँ–दिल्ली–भैरहवा–काठमाडौँमा हुने र मंसिर २९ गतेपछि भैरहवा दिल्ली सिधा उडान हुने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए।
त्यसपछि निगमले भैरहवा–दिल्लीसहित भैरहवा–क्वालालम्पुरमा पनि सिधा उडान गर्ने तयारी गरिरहेको प्राधिकरणका सहायक प्रवक्ता भूलले बताए।
निगमले भैरहवादेखि दिल्ली र क्वालालम्पुर सिधा उडान गरे त्रिभुवन विमानस्थलबाट कटौती भएका गन्तव्यहरूमा पनि उसले पुन अनुमति पाउने उनले बताए।
विमानस्थलमा चाप बढेकोलगायत कारणले प्राधिकरण निगमका दिल्ली, दोहा, दुबईलगायत गन्तव्यका हुने उडान कटौती गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
