राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन्। साथै गुरु पुरोहितबाट पनि दशैँको दीका, जमरा, प्रसाद गरे।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले दशैँको शुभसाइत ११:२ मा टीका प्रसाद ग्रहण गरेका हुन्। आफू टीका ग्रहण गरेपछि उहाँले परिवारका सदस्यलाई टीका लगाइदिएका छन्।
विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम छ।
राष्ट्रपति कार्यालयका अनुसार सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू, मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुख एवं विशिष्ट व्यक्तित्वलाई २ बजेदेखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको छ।
अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोषकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
