भोजपुरमा प्रचण्ड सहभागी हुने कार्यक्रम स्थलनजिकै विस्फोट

चुनावी सभालाई नेकपा माओवादी के‍न्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने‍ तय गरिएको थियो।

काठमाडौं– भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभा स्थलनजिकै विस्फोट भएको छ।

भोजपुरको पौवादुम्मा गाउँपालिका तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभा स्थलनजिकै बुधबार दिउँसो विस्फोट भएको हो।

उक्त चुनावी सभालाई नेकपा माओवादी के‍न्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने‍ तय गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक सरतकुमार थापाले विस्फोट भएको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ खटिएर अनुसन्धान शुरू गरेको बताए।

उनले भने, "विस्फोटको सूचना पाएलगत्तै टोली खटिएको छ। मोबाइलको चार्जर पड्किएर विस्फोट भएको भन्ने सूचना छ।"

विस्फोटमा एक जना घाइते भएको बताइएको छ।