निर्वाचन आयोगले मतपत्रको गोपनीयता भंग गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ। साथै, गोपनीयता भंग गरिएको मतपत्र गणना नहुने पनि बताएको छ।
काठमाडौं– निर्वाचन आयोगले कसैको डर, धाक, धम्की वा प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान गरेको छ।
गोप्य रूपमा प्रतिनिधि छान्ने मतदाताको अधिकार रहेकाले त्यस विपरीत मतदान गरेको पाइए निर्वाचन कानूनबमोजिम कारबाही हुने आयोगको चेतावनी छ। मत संकेत गरिसकेको मतपत्रको गोपनीयता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ आयोगले सचेत गराएको छ।
मंगलबार न्युज एजेन्सीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “निर्वाचन कुसर तथा सजाय ऐनले कसैले पनि मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, अरूले देख्ने गरी प्रदर्शन गर्न, गोप्य ठाउँबाट अन्यत्रै गएर मतदान गर्न र मत संकेत गरेको ब्यहोरा कसैलाई र छाप लगाएको मतपत्र आफैंसँग लिएर जान हुँदैन।”
कसलाई मतदान गर्नुहुन्छ? कुन चिह्नमा मतदान गर्नुहुन्छ? जस्ता प्रश्न सोधेर व्यक्तिको गोपनीयताको हकलाई जबरजस्ती वञ्चित गर्नेगरी गतिविधि नगर्न पनि थपलियाले सचेत गराए। यस्तो कार्य गर्नेलाई मतदान अधिकृतले त्यही केन्द्रमै सजाय गर्न सक्ने थपलियाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
