पाल्पाका किसानले मत माग्न आउने उम्मेदवारलाई कृषिकाे आधुनिकीकरण गर्ने र व्यावसायीक बनाउने कार्यक्रम ल्याउन अनुरोध गरेका छन्।
पाल्पा– चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन्। आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन भनिरहेका छन्।
कृषिलाई आधुनिकीकरण र व्यावसायीक बनाउने कार्यक्रम ल्याउन पाल्पाका ग्रमिण भेगका मतदाताको अनुरोध छ। परम्परागत कृषि प्रणालीले फाइदा नभएको भन्दै नयाँ प्रविधिको विकास, कृषिमा सहुलियत अनुदान, बजारीकरण, बाँदर आतंक रोक्ने प्रबन्ध मिलाउनुपर्ने माग पनि राखेका छन्। प्रविधिबारे राम्रो ज्ञान र सीप नहुँदा किसानले लागतअनुसार उत्पादन लिन नसकिरहेको रामपुरका दिलबहादुर थापाले बताए।
धेरै मेहनत र परिश्रम गरे पनि खेती गर्ने प्रविधिबारे जानकारी नहुँदा समस्या भएको उनले सुनाए। ”धेरैले व्यावसाय सुरु गरेर छाडेका छन्, व्यावसायिकरूपमा गर्ने कम छन्, तिनलाई कृषिमै टिकाउने वातावरण नेतृत्वले बताउनुपर्छ”, उनले भने, “बेला–बेलामा प्रविधिसम्बन्धी ज्ञान, सीप सिकाउने र स्थानीय उत्पादनले नै बजार ढाक्ने वातावरण कृषकलाई चाहियो।”
साना, मझौला र ठूला किसान वर्गीकरण गरी सबैलाई कृषि अनुदान उपलब्ध गराउनुपर्ने थापाले बताए। “भर्खरै व्यवसाय सुरु गर्नेलाई व्यावसायिक बनाउने र व्यावसायिक किसानलाई उद्यमी बनाउने योजना नेतृत्वले ल्याउनुपर्छ”, उनले भने। निर्वाचनमा मत माग्न घर आउने उम्मेदवारलाई किसान विशेष योजना लिएर आउन थापाले अनुरोध गरे।
थापाको फार्ममा भेटघाट गर्न पुगेका समानुपातिक उम्मेदवार सन्दीप रानाले सो कुराको प्रबन्ध गर्ने खालका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए। साना किसानलाई व्यावसायीकरण गरी यसबाटै निर्धक्कसँग बाँच्ने आधार सिर्जना गर्ने बताए। “किसानलाई सम्मान र प्रोत्साहनमूलक खालका कार्यक्रम ल्याउने, प्रविधि विस्तार, कृषि पेशालाई सम्मानित र गर्व गर्न लायकको बनाउन लागिपर्छु”, उनले भने, “बाहिरबाट भित्रिने कृषि उपजलाई रोक्ने योजना किसानमाझ ल्याएको छु”, रानाले भने।
रम्भा गाउँपालिका १ सगाहाका कृषक ऋषिराम अर्यालले साना र टुक्रे योजना ल्याउनुभन्दा राज्यले देखिने र प्रतिफल दिने खालका योजना आवश्यक रहेको बताउछन्। मत माग्न आएका उम्मेदवारलाई उत्पादन क्षेत्र विभाजन गरी पकेट क्षेत्र विस्तारका कार्यक्रममा जोड दिन सुझाएको उनले बताए। “कृषिमा साना योजनाले व्यवसाय टिकाउन सकिँदैन, बीचमै छाड्न नपर्ने गरी व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ”, अर्यालले भने, “अनुदानमा किसानलाई विभेद छ, व्यवसायको आधारमा उपलब्ध गराउनुपर्छ।”
निस्दी गाउँपालिका–२ सहलकोटस्थित भाङबारीका यमबहादुर मश्रांगीले गाउँका पाखो बारीभरि तरकारी लगाएर हरियाली बनाएका छन्। विगत एक दशकदेखि गाउँको जग्गा सदुपयोग गर्दै व्यावसायिक तरकारी खेती गरिरहेका उनले प्रशस्त तरकारी उत्पादन गरिरहेका छन्। तर, उनलाई बजारको चिन्ता छ।
“पानी नपरेका समय गाडीमा राखेर बजार पठाउने गरिएको छ। कच्ची बाटो ढुवानी भाडा महँगो तिर्नुपर्छ”, उनले भने, “पानी परेपछि ठप्प हुन्छ।” बजारदेखि गाउँ जोडिएका सडक बाह्रै महिना गाडी गुड्नसक्ने बनाउन उम्मेदवारसँग उनको अनुरोध छ। किसानलाई सानो सहयोगभन्दा पनि प्याकेजमा ठूला खालका कार्यक्रम आवश्यक रहेको उनको छ।
सडक पूर्वाधार बलिया र भरपर्दो नहुँदा तरकारी सजिलैसँग बजार पठाउन पाइन्छ या पाइँदैन भन्ने चिन्तामा पिरोलिएका छन्। पानी परेका कारण तरकारी बारीमै कुहाउन बाध्य हुनुपरेको किसान बताउँछन्। कतिपय किसानले प्रविधि नजान्दा लगानी उठाउन नसक्ने अवस्था छ।
अनुदानका कार्यक्रममा पहुँचवालाकै हालीमुहाली हुँदा साना र वास्तविक किसान सधैँ राज्यको सुविधा लिनबाट बञ्चित हुनुपरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
