लोकसेवाले माग्यो प्राविधिक अधिकृत

लोकसेवा आयोगले प्राविधिक अधिकृततर्फ राजपत्रांकित तृतीय श्रेणी तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका लागि विज्ञापन खुलाएको छ।

काठमाडौँ– लोकसेवा आयोगले प्राविधिकतर्फ अधिकृत पदको विज्ञापन खुलाएको छ।

राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदका लागि बुधबार विज्ञापन प्रकाशन गरेको हो।

इच्छुकले मंसिर २० गतेसम्म आवेदन फारम भर्न सक्ने आयोगले जनाएको छ।