बिर्तामोडको कपडा पसलमा आगलागी

मुक्तिचोक पूर्वाेत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी हुँदा एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।

झापा– बिर्तामोडस्थित प्रसाईँ मार्केटमा मंगलबार बिहान आगलागी भएको छ।

मुक्तिचोक पूर्वाेत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो। राजु वंशलले सञ्चालन गरेकाे कपडा पसलमा आगलागी हुँदा एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।

विद्य‍‌ुत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ। बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएपसी रुगमबहादुर कुँवरले जानकारी दिए।