मुलुक निर्वाचनमा हाेमिएका बेला आफुहरूकाे उठीबास हुने गरी निकालिएकाे सूचना कुनै पनि हिसाबले न्यायसङ्गत नभएकाे र उक्त सूचना तुरुन्त फिर्ता लिन संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले माग गरेकाे छ।
काठमाडौं– बागमती नदी करिडोरका सुकुम्वासीहरूले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय घेराउ गरेका छन्।
समितिले घर/टहरा भत्काउन १० दिने अल्टिमेटम दिएपछि त्यहाँ बस्दै आएका सुकुम्वासी आन्दोलित बनेका हुन्। समितिले शुक्रबार सूचना जारी गर्दै बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घर/टहराहरू १० दिनभित्र भत्काउन अल्टिमेटम दिएको थियो।
समितिको सो निर्णय तुरुन्त फिर्ता लिन माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले मंगलबार समितिमा ध्यानाकर्षणपत्र बुझाएको छ।ध्यानाकर्षणपत्रमा बिना विकल्प उठीबास पार्न नपाइने, राज्यका निकायबीच समन्वय गरी भूमि आयोगको कामलाई प्रभावित पार्न नहुने, घर/टहरा भत्काउने सूचना तुरुन्त बन्द गर्नुपर्ने र लालपूर्जासहित भू–स्वामित्वको ग्यारेन्टी गर्न माग गरिएको छ।
समितिले सूचना फिर्ता नलिए आफूहरू जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको मोर्चाको चेतावनी छ। समिति, शहरी विकास मन्त्रालय र मोर्चाबीच भएको पटक–पटकको छलफलमा भएका सहमति कार्यान्वयन नगरी सूचना निकालिएको पत्रमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
