यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो। नेपालका लागि मध्यक्रमका ऐरीले सर्वाधिक ५४ रन बनाए।
काठमाडौँ- ओपनर अर्जुन साउद र मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीको अर्धशतकको बाबजुद घरेलु टोली नेपाल यूएईविरुद्धको तीन एक दिवसीय सिरिजअन्तर्गतको पहिलो खेलमा पराजित भएको छ। सोमबार सम्पन्न खेलमा नेपाल ८४ रनले पराजित भएको हो।
यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो। नेपालका लागि मध्यक्रमका ऐरीले सर्वाधिक ५४ रन बनाए। उनले ८४ बलमा ६ चौका प्रहार गरेका थिए। यता, नेपाली राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा डेब्यू गरेका साउदले ७९ बलमा ५ चौकासहित ५१ रन प्रहार गरे।उनी नेपाली टोलीबाट एक दिवसीय खेलको डेब्यूमै अर्धशतक बनाउने तेस्रो ब्याटर हुन्। यसअघि कुशल मल्ल र ज्ञानेन्द्र मल्लले एक दिवसीय डेब्यू खेलमा अर्धशतक प्रहार गरेका थिए।
ज्ञानेन्द्र मल्लले अगस्ट २०१८ मा डेब्यू खेलमै नेदरल्यान्ड्सविरुद्ध ५१ रन बनाएका थिए। यता, कुशलले फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा डेब्यू खेलमा ५० रन बनाएका थिए।साउद र ऐरीबाहेक नेपालका अन्य कुनै ब्याटरले सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन्। तल्लोक्रमका गुलशन झा ३४ बलमा १ चौका र १छक्कासहित १९ रन जोड्दै अविजित रहे।
ओपनर आशिफ शेखले १२ रन जोड्नुबाहेक आधा दर्जन खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपाललाई सस्तैमा रोक्न यूएईका आयान खानले १० ओभर बलिङ गर्दै ४ मिडेनसहित १४ रन खर्चिएर ४ विकेट लिए। बासिल हामिदले ६ ओभर बलिङ गर्दै १ मिडेनसहित १८ रन खर्चिएर २ विकेट लिए। आहमद राजा, रोहन मुस्ताफा र जहुर खानले १/१ विकेट लिए।त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको हो। यूएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रनको योगदान दिए। उनले ७३ बलमा ७ चौका प्रहार गरेका थिए।
यता, मोहम्मद वासिमले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। वृत्य अरविन्दले ८२ बलमा ६ चौका प्रहार गरेका थिए। उनीहरूबीच दोस्रो विकेटको लागि ७५ रनको साझेदारी भएको थियो।यूएईकै मध्यक्रमका ब्याटर एलिशान शराफुले २९ र आयान खानले २६ रन बनाए। अहमद राज २५ र जुनैद्द सिद्दीकी १ रनमा अविजित रहे।नेपालका लागि तीव्र गतिका बलर गुलशन झाले ६ ओभर बलिङ गर्दै २६ रन खर्चिएर २ विकेट लिए। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।
नेपालले डिसेम्बरमा आईसीसी विश्वकप क्रिकेट लिग २ का लागि नामिबिया भ्रमण गर्दै छ। त्यसैको तयारीको लागि नेपालले यूएईसँग तीन एक दिवसीय अभ्यास खेल खेलिरहेको हो। सोमबारको जितसँगै यूएईले सिरिजमा १-० को अग्रता लिएको छ। नेपालले यूएईसँग दोस्रो एक दिवसीय खेल बुधबार र अन्तिम खेल शुक्रबार खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
