०४८ सालदेखि ०७८ सम्म २८ सरकार बने। पुस्तकमा यीनै सरकारका नालिबेली बताइएकाे छ।
काठमाडौँ– २०४६ सालको जनआन्दोलनले ३० बर्षे पञ्चायती शासन ढाल्यो। मुलुकमा प्रजातन्त्र पुन:स्थापना भयो। तर, शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि पनि दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन, अस्थिरताको दलदलमा फस्यो।
०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्म २८ सरकार बने। यिनै २८ सरकारको नालिबेली बताउने पुस्तक ‘सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित भएको छ। कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
पुस्तकमा पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्रीलगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतलाई महत्व दिएका छन्। यो पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठक समेतलाई नेपालको सरकार गठन, विग्रह र सञ्चालन बुझ्ने ह्यान्डबुक हुनेछ।
प्रस्तुत गरिएका अनेकौं दृष्टान्तले पुस्तकलाई पठनीय मात्र बनाएको छैन दल तथा तिनका नेताको सत्तामोहमा घनिभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ। यो पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दल तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ।
नयाँ सरकार निर्माणको संघारमा आएको यो पुस्तकले आम पाठकलाई सुसूचित गर्ने विश्वास सांग्रिला बुक्सले लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
