सन् २०२० मा उपचारका क्रममा अस्पतालमै भेट भएका ४२ वर्षीय महेन्द्रन र ३६ वर्षीया दीपाले गत अक्टाेबरमा विवाह गरेका छन्।
भारतको चेन्नईस्थित इन्स्टिच्युट अफ मेन्टल हेल्थ (आईएमएच) का दुई मानसिक बिरामीले विवाह गरेका छन्।
आफ्नो २२८ वर्ष लामो इतिहासमा मानसिक बिरामीले विवाह गरेको यो पहिलो घटना भएको आईएमएचले जनाएको छ। सन् २०२० मा उपचारका लागि अस्पताल जानु पहिले ४२ वर्षीय महेन्द्रन र ३६ वर्षीया दीपाबीच चिनजान थिएन। तर अस्पताल बसाइकै क्रममा उनीहरुबीच चिनजान भयो। माया बढ्न थाल्यो। प्रेमी प्रेमीका बनेका उनीहरुले विवाह गर्ने निर्णय गरे।
महेन्द्रन भन्छन्, “मैले उनलाई देख्ने बित्तिकै नै मन पराएको थिएँ। उनले अरुलाई गर्ने व्यवहार, अरुको ख्याल राख्ने बानी, मलाई राम्रो लागेको थियो। त्यसपछि मैलै नै उनलाई प्रस्ताव राखेको थिएँ।” तर, दीपाले शुरूमा आनाकानी गर्दै आफूलाई समय दिन भनेकी थिइन्।
“६ महिनापछि म घर गएँ र पछि आईएमएच फर्किँदा पनि उनी त्यहीँ थिए। त्यतिबेला म बिरामी पर्दा उनले देखाएको माया र हेरचाहका कारण म उनीप्रति आकर्षित भएँ र मन पराउन थालेँ। अनि बिहेको निर्णयमा पुग्यौँ।” उनीहरूले आईएमएचभित्रै रहेको एक मन्दीरमा अक्टोबरमा बिहे गरेका हुन्।
सो विवाहमा तमिल नाडूका मन्त्री र सांसदसमेत सहभागी भएका थिए। यो उनीहरूका लागि पारिवारीक विवाहजस्तै बनेको आईएमएचकी निर्देशक डा. पूर्ण चन्द्रीकाले बीबीसीलाई बताइन्। डा.चन्द्रीकाले भनिन्, “यो उनीहरूको निर्णय हो। हामी एकदमै खुसी छौँ।”
अस्पतालले विवाहको उपहारस्वरुप त्यहीँ काम गर्न दिन प्रस्ताव गरेको थियो। अहिले आफुहरू खुसी छाएको दीपा बताउँछिन्, “मेरो श्रीमानले अस्पतालका सबैलाई सहयोग गर्न चाहनुहुन्थ्यो। उहाँको इच्छा पनि पूरा भएको छ।”
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
