नेपाली सांगीतिक समूह नेपथ्य क्यानडाका नेपालीमाझ पहिलो पटक गुञ्जन लागेकाे हाे। असोज १४ देखि क्यालगरी‚ भ्यानकुभर र टोरन्टोमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ।
काठमाडौँ– नेपाली सांगीतिक समूह नेपथ्य क्यानडाका नेपालीमाझ पहिलो पटक गुञ्जने भएको छ। असोज १४ देखि क्यालगरी‚ भ्यानकुभर र टोरन्टोमा सांगीतिक प्रस्तुति दिने भएको हो।
समूहको दुई कार्यक्रम पश्चिम क्यानडामा हुने भएको छ। असोज १४ गते क्यालगरी शहरको ‘द प्यालेस थिएटर’ र असोज १७ मा भ्यानकुभरको ‘द भोग थिएटर’मा प्रस्तुति रहने जनाइएको छ। यसैगरी यात्राको अन्तिम शो भने असोज २१ मा टोरन्टोमा हुनेछ। टोरन्टोस्थित क्यानडाकै विख्यात कार्यक्रमस्थल ‘म्यासी हल’मा समूहले प्रस्तुति दिने तय भएको कार्यक्रमको व्यवस्थापक नेपालयले जनाएको छ।
सन् १८९४ मा खुलेको क्यानडाको म्यासी हलमा विश्वविख्यात सांगीतिक समूहहरूले कन्सर्ट गरेको इतिहास छ। सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ शहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ। क्यानडा नेपथ्यको १७औँ गन्तव्य हुनेछ। अघिल्लो महिनाको जापान यात्रामा सम्मिलित ८ जना प्राविधिक एवं व्यवस्थापक र ६ संगीतकर्मीसहित १४ जनाको टोली क्यानडा जाने जनाइएको छ।
“हाम्रो लागि क्यानडा नयाँ गन्तव्य भए पनि त्यहाँ बसोबास गर्ने नेपालीले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,” ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, “दशैँको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौँ।”
क्यानडामा रहेका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत् दिइरहेको सन्देश आफूलाई प्राप्त भइरहेको अमृतले जानकारी दिए। क्यानडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।
क्यानडा नेपालीका लागि आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ। त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढ्दो छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
