मेयर शाहले काठमाडौंका सडकमा 'पिक एन्ड ड्रप'को व्यवस्था गरेर सवारी दुर्घटनामा कमी ल्याउन सकिने बताएका छन्।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सार्वजनिक यातायात व्यवसायीहरूबीचको अस्वस्थ्य प्रतिस्पर्धाका कारण सडक असुरक्षित बनेको बताएका छन्। उनले सडक सुरक्षाका लागि काठमाडौँको सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
काठमाडौँ महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद्, सडक सुरक्षा समाज र रोटरी क्लब अफ दरबारमार्गले आयोजना गरेको कार्यशालामा शाहले काठमाडौंका सडकमा 'पिक एन्ड ड्रप'को व्यवस्था गरेर सवारी दुर्घटनामा कमी ल्याउन सकिने औँल्याए।
"ठूला २ सय सार्वजनिक सवारीले पुग्ने काठमाडौँको चक्रपथमा २ हजार सवारी गुड्छन्। जति धेरै यात्रु राख्यो उत्ति नै आय हुने कारणले सार्वजनिक सवारी सञ्चालकबीच अस्वस्थ्य प्रतिस्पर्धा भयो। सडक असुरक्षाको कारणमध्ये यो अवस्था पनि एउटा हो," उनले भने, "यसलाई पिक एन्ड ड्रपको माध्यमबाट जसले जति यात्रु बोके पनि आयमा असर नपर्ने वातावरण सिर्जना गर्नुपर्छ। त्यसो हुन सके अनियन्त्रित गतिमा गुड्ने सवारीको गतिमा नियन्त्रण हुन्छ र दुर्घटनामा कमी आउँछ।"
प्रमुख शाहले सार्वजनिक यातायातमाथि विश्वास घटेर निजी सवारी साधन किन्ने धेरै हुँदा सडकमा चाप बढेको तर्क गरे। उनले सार्वजनिक यातायात प्रणालीलाई विश्वसनीय बनाएर चाप घटाउनुपर्ने धारणा राखे। उपत्यकाको सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनका लागि जारी काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण ऐनले सडक सुरक्षाका लागि नतिजामूलक काम गर्न नसकेको प्रमुख शाहको भनाइ छ।
कार्यशालामा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले, सडक दुर्घटना, त्यसबाट हुने चोटपटक र मृत्यु घटाउने दिशामा काम गर्नु अहिलेको आवश्यकता रहेको बताए। "इन्जिनियरिङ (सडक निर्माण), इन्फोर्समेन्ट (सडक सञ्चालन र यातायात व्यवस्थापन) र एजुकेसन (सचेतनाका कार्यक्रम)बाट सडक सुरक्षा बढाउन सकिन्छ," सिग्देलले भने, "अहिले सडक वर्गीकरण, राष्ट्रिय यातायात नीतिलगायत केही कानुनी व्यवस्थामा काम भइरहेको छ। यसबाट आवश्यकता र सम्बन्धित कार्यालयको क्षेत्राधिकार स्पष्ट हुन्छ। एउटै कामका लागि क्षेत्र र अधिकार बाँडिएकाले अहिले नतिजामूलक काम गर्न कठिन भएको हो।"
कार्यशालामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौडेलले नेपालमा मानवीय मृत्युको कारणमध्ये पहिलो नसर्ने खालको रोग, दोस्रोमा सरुवा रोग र तेस्रोमा चोटपटकजन्य घटना रहेको बताए। "चोटपटक जनस्वास्थ्यका दृष्टिले गम्भीर विषय हो। यति भइकन पनि दुर्घटना घटाउनमा एकीकृत काम हुन सकेको छैन," उनले भने।
आर्थिक वर्ष २०७७/०७८ को नेपाल प्रहरीको तथ्यांकअनुसार यो वर्ष सवारी दुर्घटनामा २ हजार ८७२ जनाको मृत्यु भएको थियो। ७ हजार २८२ जना गम्भीर घाइते भएका थिए। २५ हजार व्यक्ति सामान्य घाइते भएका थिए।
सवारी दुर्घटनाबाट हुने क्षति न्यूनीकरणका लागि विश्व स्वास्थ्य सङ्गठन, नेपालले काम गरिरहेको छ। कार्यशालामा सङ्गठनका प्रतिनिधि ग्याम्बो शेर्पाले आफूहरूले नीति र सचेतनाका कार्यक्रममार्फत समन्वयात्मक भूमिकामा रहेको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
