गत मंगलबारको भूकम्पले घर चर्किएका थिए। शनिबार फेरी भूकम्प आएपछि जोखिम हुने भएकाले घर बाहिर निस्कन प्रहरीले माइकिङ गरेको छ।
बझाङ– खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ।
पाटादेवल प्रहरी चौकीका प्रमुख रामबहादुर बमका अनुसार गत मंगलबार मध्यराति आएको भूकम्पले घर चर्किएका थिए। “शनिबार फेरी भूकम्प आएपछि जोखिम भन्दै बाहिर निस्कन माइकिङ गरिरहेका छौँ”, उनले भने, “पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँका स्थानीयले घरबाहिर आगो ताप्दै रात कटाएका छन्।”
खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै रातभर बाहिर बसेका छन्। मंगलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए। जिल्ला सदरमुकाम चैनपुरवासी पनि घर बाहिर निस्किएका थिए।
उनीहरूले सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन्। घटनाबाट भएको क्षतिसहितको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
