सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई सोमबार राति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो।
काठमाडौँ– संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई सोमबार राति हृदयघात भएपछि उपचारका लागि मंगलबार बिहान १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिए।
नेम्वाङबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता राति नै अस्पताल पुगेका थिए।
२००९ फागुन २८ गते जन्मिएका नेम्वाङले नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको छवि बनाएका थिए।
पूर्वसभामुख समेत रहेका नेम्वाङले २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए।
नेम्वाङ इलाम क्याम्पसमा पढ्दादेखि नै कम्युनिस्ट राजनीतिमा होमिएका थिए। २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बने।
त्यसैगरी, २०५६ मा संसद्को सार्वजनिक लेखा समिति सभापति बनेका उनी जनआन्दोलन २०६२– ०६३ सँगै पुनर्स्थापित संसद्का सभामुख बनेका थिए।
२०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए। उनी हाल इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
