बझाङ केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प

शनिबार राति ८ बजेर १२ मिनेटमा पश्चिम नेपालका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।

काठमाडौं– नेपालको पश्चिम क्षेत्रमा फेरि भूकम्पको धक्का महसुस भएको छ। शनिबार राति ८ बजेर १२ मिनेटमा पश्चिम नेपालका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङ केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु बझाङको पातेदेवल रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि गत बुधबार राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले डोटीको पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो।