दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएका छन् : परराष्ट्रविद् पाण्डे

दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्री दाहालले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने उनकाे भनाइ छ।

काठमाडाैँ– परराष्ट्रविद् रमेशनाथ पाण्डेले भारत र चीन दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएको बताएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहालले आइबार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्री दाहालले ती देशको विश्वास बटुल्ने काम गर्नुपर्ने उनकाे भनाइ छ। छिमेकी देशले कुटनीतिक रूपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रूपमा व्यक्त गर्न थाल्नुले झनै चिन्ता थपिएको उनले बताए।

"नेपालको दुवै छिमेकी देशसँग विश्वासको सञ्चिति निरन्तर घट्दै गएको छ। दुवै देश हाम्रा छिमेकीले उनीहरूको चाहना सुरक्षित छैन भन्ने अनुभूति गरेका छन्," उनले भने, "त्यसलाई उनीहरूले कुटनीतिक रूपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रूपमा व्यक्त गर्न थालेका छन्।"

यस्तै, सहसचिव स्तरबाट हुनुपर्ने वार्ता र योजनाका कुरा गर्नुकाे सट्टा प्रधानमन्त्रीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्ने उनकाे भनाइ छ।