आइतबार विभिन्न कम्पनीका कुल ४० लाख ५३ हजार ३६८ कित्ता शेयर एक अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा खरिद बिक्री भयो।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.८१ अंकले ओरालो लागेर १९६०.७८ मा सीमित भएको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०९ अंकले ओरालो लागेर ३७६.६२ मा सीमित भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आइतबार गिरावट देखिएको छ।
विभिन्न कम्पनीका कुल ४० लाख ५३ हजार ३६८ कित्ता शेयर एक अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा खरिद बिक्री भयो। कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ। सो कम्पनीको तीन करोड ८८ लाख ८८ हजार १०६ मूल्य बराबरको शेयर कारोबार भयो।
यस्तै, आईएमई लाइफ इन्स्योरेन्स तीन करोड ७६ लाख ४१ हजार ९४६, सिटी होटल तीन करोड ७४ लाख दुई हजार ७८०, माछापुच्छ्रे बैंक तीन करोड ४९ लाख ६६ हजार ३०२ र एभरेस्ट बैंक तीन करोड २३ लाख ४३ हजार ७५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, सिक्लेस हाइड्रोपावर ५.५६, प्राइम बैंकको ऋणपत्र ४.०३, बुद्धभूमि नेपाल हाइड्रोपावर १.९६ र सिटिजन म्युचुअल फन्ड दोस्रोको शेयर मूल्य १.९१ प्रतिशतले बढेको छ।
यस्तै लिवर्टी इनर्जी रसिटी होटलको शेयर मूल्य १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लागेको छ। ग्रिन भेन्जर्स ८.७९, कुथेली बुखरी स्मल हाइड्रोपावर ८.३९ र सामलिङ पावर कम्पनीको शेयर मूल्य ७.२२ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
