माओवादी नेता देव गुरुङले भूराजनीतिक संवेदनशीलतालाई बुझेर छिमेकी देशहरूसँग सम्बन्ध स्थापित गर्नुपर्ने बताएका छन्।
काठमाडाैँ- नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै नेपाल, भारत र चीनबिच त्रिदेशीय सम्बन्ध र समझदारी विकास गरिनुपर्नेमा जोड दिएका छन्।
नेपाल–चीन मैत्री फोरम र समुन्नति फाउन्डेसनद्वारा संयुक्त रूपमा आज काठमाडाैँमा आयोजित ‘परिवर्तनशील विश्वव्यापी सन्दर्भमा चिनियाँ विकास र क्षेत्रीय सहयोग’ विषयको अन्तर्क्रियामा उनले एसियाली क्षेत्रमा शान्ति, स्थिरता र विकासका लागि त्रिदेशीय समझदारीको खाँचो औँल्याए ।
“भूराजनीतिक संवेदनशीलतालाई बुझेर तीन मुलुकबीच सहमति र सहकार्यको आवश्यकता छ”, उनले भने, “पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति अपनाउनुपर्नेछ।” नेपाल, भारत र चीनको सुरक्षा संवेदनशीलतालाई ख्यालमा राख्दै तीन देश एक हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा ‘नेपालमा वैदेशिक ऋणले पारेको समस्या’ विषयको कार्यपत्र प्रस्तुत गर्दै चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्यालले वैदेशिक ऋणले चेपुवामा पर्ने अवस्था आउने गरी कुनै पनि मुलुकसँग ऋण सम्झौता गर्न नहुने बताए । विभिन्न मित्रराष्ट्र तथा दातृ निकायको भन्दा कम ब्याजदरमा चीनले दिने ऋण लिन पश्चिमा शक्तिले निरुत्साहित गरिरहेको उनको भनाइ थियो।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले ‘दक्षिण एसियामा लगानीका अवसर’ विषयको कार्यपत्र प्रस्तुत गर्दै दक्षिण एसियामा भारतबाहेक अन्य मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी घट्दै गइरहेको बताए। उनले भने, “डुइङ बिजनेस इन्डेक्समा भारतले आफ्नो अवस्था सुधार गर्दै लगिरहेको छ, तर अन्य मुलुकमा नीतिगत रूपमा स्थिरता नहुँदा लगानीको वातावरण बन्न नसकेको देखिएको छ।”
समुन्नति फाउन्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री रेखा शर्माले विश्व परिवेशमा व्यापक परिवर्तन भइरहेका अवस्थामा नेपालको आर्थिक तथा सामाजिक अवयवलाई प्रभाव पारेकाले सबै सचेत बन्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
