AnonymousUser

Logout

लुना लुइँटेल बनिन् मिस नेपाल (तस्वीरहरू)

शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुनाले उपाधि चुमेकी हुन्।

‘घर चलाउने महिलाले देश चलाउँछन्’

अनुपम अभियानले २०८४ सालको चुनावमा बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउन प्रोत्साहन र दलहरूलाई दबाब सिर्जना गरिरहेको छ। जुनसुकै दलका महिलालाई पनि चुनाव जिताउन सघाउने अभियानको लक्ष्य छ।

जेष्ठ नागरिक महिलाले भोगेको परिवर्तनः व्यवस्था फेरिँदै गए, समस्या थाती रहे

नातिनीहरूले पढेको देखेर आफूले पढ्न नपाएको पीडा भुलेका जेष्ठ नागरिक गणतन्त्रपछि भएको सशक्तीकरणबाट सन्तुष्ट छन्। तर जातीय विभेद, सम्पत्तिमा समान हकजस्ता अधिकार अझै नपाएको गुनासो छ।

वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू

आधुनिक जीवनशैली अपनाउने नाममा परिवारबाट छुट्टिएर बस्ने चलन बढेसँगै पछिल्लो समय वृद्धवृद्धाहरू घरविहीन हुनुपर्ने स्थिति बन्दै गएको पनि पाइन्छ।

हिंसा पीडितदेखि सफलतासम्मः सहकारीले बदलेको लिबाङका महिलाको जीवन

दिनभरि घरको काम। राति नसुतेर मासु काट्नुपर्थ्यो। अनि डोकामा हालेर बेच्न हिँड्थे। मासु बिक्रीले फाइदा दिएपछि उनीहरूले सहकारी खोल्ने योजना बनाए। यसरी खोलिएको सहकारीले कसरी फेरियो महिलाको जीवन?

वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै मकवानपुरका महिला

पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ। आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन्।

जसलाई महिला दिवसले छोएन 

पाल्पामा सयौँ श्रमिक दैनिक ज्याला–मजदुरी गर्दै आएका छन्। शनिबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मजदुरी गर्ने अधिकांश महिलाले यसबारे थाहा पाएनन्। 

२७ वर्षदेखि चिया बेचिरहेकी ‘गंगा आमा’

गंगाले छिमेकीसँग १ हजार ७०० रुपैयाँ ऋण लिएर वसन्तपुरको निस्थानन्द गल्लीस्थित एक घरको भर्‍याङमुनि सानो चिया पसल थालेकी थिइन्। एक वर्षको मिहिनेतपछि बल्ल स्वादिलो चिया बनाउन सिकेको उनी बताउँछिन्।

ज्यालामा विभेद भोगेपछि ठेकेदार बनेकी पार्वती

घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदुरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफै निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्।

कृषि र पशुपालनमा रमाउँदै भटियाटोलका दलित महिला 

भोटियाटोलमा १९ दलित परिवार छन्। उनीहरू मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी बचतसमेत गर्दै आएका छन्। कोषमा जम्मा १ लाख ५० हजार रुपैयाँ बचत भइसकेको छ।

तरकारीखेती गरेर छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

२०५२ सालदेखि तरकारीखेती शुरू गरेकी बेदकोट– ७ मन्दिरपुरका उर्मिला डगौराले यसकै आम्दानीले घर जग्गा जोडेकी छन्। छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन्।

उमेर ९ दशक पार गरेकी भद्रकुमारीको लेखन आदत

सामान्यतः राति अरूको सुत्ने बेला हुँदा भद्रकुमारी घले उठ्छिन्। त्यसपछि शुरू हुन्छ लेखन यात्रा। उनको कलम रातभरि चलिरहन्छ। जब उज्यालोका किरण झर्छन् र मान्छेहरू कल्याङमल्याङ गर्छन्, उनको कलम बन्द हुन्छ।

सिसापाङ्माको त्यो हिमपहिरोमा एक घण्टा ढिलो हिँड्दा बाँचेकी दावाले मारेको फड्को

हिमाल आरोहणमार्फत आफूलाई संसारभर स्थापित गराएकी पर्वतारोही दावा योञ्जन शेर्पा जलवायुमा आएको परिवर्तनले आरोहण कार्य जटिल र कठिन बन्दै गएको अनुभव सुनाउँछिन्। 

जुम्लामा स्वच्छ पानी अभाव: महिनावारीको बेला समस्यामा महिला

जुम्लाका कतिपय स्थानमा घरैपिच्छे धारा छन्, पानी छैन। कतै ५० घरका लागि एउटा धारो छ र दिनभरि पालो लाग्दा एक गाग्री पानी पाइन्छ। पानीको यस्तो समस्याले सबैभन्दा ठूलो मार महिलामा परेको छ।

महोत्तरीका गृहिणीलाई गुइँठा बनाउने चटारो

इन्धनको जोहोमा गुइँठा बनाउने व्यस्तता बढेको हो। बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म गुइँठा बनाउने काममा व्यस्त हुन्छन्।

नोन्जोम कामीले पाइन् ८०औँ जन्मदिनमा नागरिकता

८० वर्षसम्म पनि नागरिकता नबन्दा नोन्जोम कामीसहित सिंगो परिवार नै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित थियो।

सीप सिकेर उद्यमी बन्दै तमानखोलाका महिला

दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित महिला अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त छन्। 

परम्परागत सीप सिकाउँदै हजुरआमाहरू

निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप पनौती बजारमा नै तीन वृद्धा आमाहरूसँग मात्रै छ। उक्त सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न तालिम आयोजना गरिएको हो।

बदाम बेचेर नमूना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया

४५ वर्षअघि बदामको व्यापार थालेकी शिवमाया अहिले पनि उत्तिकै उत्साहका साथ व्यापार गरिरहेकी छन्। बदामको व्यापार गरेर महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाइन्।

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

ढाका उद्योगबाट विद्यालय पोसाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन हुने गरेको छ। उत्पादित सामग्री गाउँमै खपत भइरहेको छ।