Friday, May 10, 2024
20
देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकीको थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
2024-05-10 06:13:55
आगलागीबाट साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
2024-05-09 19:50:09
इजरायली अधिकारीले रफाहमा आक्रमण गरे इजरायललाई हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन्।
2024-05-09 19:33:09
आगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि रात कटाउन बाध्य छ।
2024-05-09 19:12:54
उमेरले एक शताब्दी पार गर्न लाग्दा पनि टेलिभिजन प्रस्तोताकै कर्ममा रमाइरहेका डेभिड अझै पनि अवकाश लिने सोचमा छैनन्।
2024-05-09 18:35:37
काठमाडौँस्थित एक पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मूल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
2024-05-09 17:54:59
सीआईबीले बाल संगठनका पूर्वपदाधिकारी र बृहस्पति विद्या सदनका सञ्चालकहरूमाथि समेत ठगी मुद्दामा अनुसन्धान अघि बढाएर पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ।
2024-05-09 17:35:38
विभिन्न क्षेत्रको तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक भएको छ।
2024-05-09 16:45:49
बिहीबार ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ को विन्दुमा पुगेको छ।
2024-05-09 15:51:08
अर्थविद् प्राडा. अच्युत वाग्लेले परम्परागत रूपमा अर्थतन्त्रको टेवा भनिएका क्षेत्र नै अहिले समस्यामा रहेकाले सुधारका लागि ‘बोल्ड’ निर्णय र हिम्मत चाहिएको बताएका छन्।
2024-05-09 15:19:50
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्।
2024-05-09 15:17:18
अन्तरिक्षमा उपग्रह पठाउन लाग्ने इन्धनको खर्चलाई हाइड्रोजनको भन्दा मैनले लगभग आधा कम गर्ने बताइएको छ।
2024-05-09 14:40:37
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वरको हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
2024-05-09 12:47:47
कार्कीले एमाले र माओवादी केन्द्रका ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेस गरेका हुन्।
2024-05-09 12:11:48
करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको स्थानीय हीराबहादुर पुनले बताए।
2024-05-09 07:40:41
बुधबार नै एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वानको माग राखेर निवेदन दिएका थिए।
2024-05-09 07:09:03
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
2024-05-09 06:35:14
एक गोलले पछि परेको अवस्थामा ८१औँ मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि रियल उत्कृष्ट पुनरागमन गर्दै फाइनल पुगेको छ।
2024-05-09 06:30:31
कोभिसिल्डको प्रयोग गरेका व्यक्तिमा त्यसले गम्भीर खालको असर पनि गर्न सक्ने औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले स्वीकार गरेको छ।
2024-05-08 21:30:46
ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरका अव्यवस्थित निर्माण सामग्री हटाइएको छ। यसबारे केही दिनअघि 'नेपाल फोटो लाइब्रेरी'ले फोटो फिचर गरेको थियो।
2024-05-08 20:33:02
जाह्नबी सेन
प्रकाश अजात
हेमन्त मल्ल ठकुरी
विश्वास गौचन
डा. मानबहादुर बीके
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।